पहिरोले अवरुद्व पर्वत चुवा-दोबिल्लाको बाटो खुल्यो

878
views

नम्रता शर्मा
पर्वत, २१, भदौ । यहि भदौ १७ गते रातिको भिषण वर्षाका कारण मध्य पहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको झण्डै २० ठाउँमा गएको पहिरोले अवरुद्ध सडक खुलाउन पहल भैरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध सडक खुलाउन चुवा तर्फबाट ४ वटा मेसिन, आम्बोट खण्डमा १ वटा र पातिचौर तर्फबाट २ वटा मेसिन प्रयोग गरी काम भैरहेको जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित संयुक्त टोलीले पोखरा– कुश्मा सडकखण्ड अन्तरगत चुवा देखी दोबिल्लासम्मको बाटो खुलाई सकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवं सूचना अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए ।

पहिरोले अवरुद्ध दोबिल्ला देखी पतिचौरसम्मको बाटो चाँडो खुलाउन प्रयास भईरहेको पनि उनले जानकारी दिए ।