गिनीमा सेनाद्वारा सत्ता कब्जा

480
views

काठमाडौं, २१, भदौ । पश्चिम अफ्रिकी देश गिनीमा सेनाले सत्ता कब्जा गरेको छ । एक टेलिभिजनमार्फत सेनाका कर्नेलले अब गिनीमा सेनाले सत्ता चलाउने घोषणा गरेका छन् । सेनाले सत्ता हातमा लिएसँगै राष्ट्रपति अल्फा कोन्डे नेतृत्वको सरकार भङ्ग भएको छ ।

सेनाले सबै सीमा क्षेत्रमा आवागमन बन्द गरिदिएको छ । यसअघि केही घण्टा राष्ट्रपति कार्यालय नजिक गोलाबारी भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी सङ्घले गिनीमा सत्ता कब्जाको भर्त्सना गर्दै तत्काल राष्ट्रपति कोन्डेको रिहाइको माग गरेका छन् ।

पश्चिमी अफ्रिकी देश गिनी प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ तर अस्थिरता र अशान्तिका कारण विश्वकै गरिब देशको सूचीमा छ ।