ओडीआई क्रिकेट : आज नेपाल र पपुवा न्यु गिनी

767
views

काठमाडौ, २१, भदौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी) सँग दुई खेल खेल्दैछ । त्यस अन्तर्गत नेपाल र पपुवा न्यु गिनीबीचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) आज हुँदैछ ।

नेपाल र पीएनजीबीच पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ११ः१५ बजे ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा हुनेछ । नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज यही सेप्टेम्बर १३ देखि ओमानमै हुँदैछ ।