एमसीसी खारेजीको माग गर्दै सुर्खेतमा विरोध प्रर्दशन

793
views

सुर्खेत । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा (क्रान्तिकारी) माओवादी, नेकपा, र हामी नेपाली हाम्रो नेपालका नागरिकले विरोध प्रर्दशन गरेका छन् ।

सुर्खेतको ऐरिचोक,मंगलगढी चोक हुँदै वीरेन्द्रचोक पुगेर विरोध प्रर्दशन गरेर विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रर्दशनमो राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धरकपकड बन्द गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर, दलाल संसदिय व्यवस्था मुर्दावाद, लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

प्रर्दशनमा दलाल संसदीय व्यवस्थाले नेपालको राष्ट्रिय स्वाधीन राष्ट्रियताको धज्जि उढाएको नेकपा (क्रान्तिकारी) माआवादीका केन्द्रीय सदस्य तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले बताए ।

‘जनताका जनजिविका जनतन्त्र, मजदुर किसान र उत्पिडीत जनता हक अधिकारलाई सुनिश्चित गर्नुको साटो जनतालाई पराधिन वनाएको छ,’उनले भने,‘यदि यसो गरिएको खण्डमा नेपाली जनताले ती दलालहरुलाई कदापि माफ गर्ने छैनन् ।’

प्रर्दशनमा बोल्दै अर्का नेकपाका नेता एटम बिसीले अमेरिकी सैनिक गठवन्धन मिलिनियम च्यलेन्ज कर्पोरेसन ःएमसिसि सम्झौता गरि नेपाललाई रणनीतिक रुपमा पर्यो गरि चिन लगायत नेपालका प्रकृति श्रोत साधनहरुमाथि कव्जा गर्ने र नेपाललाई रणनीतिक कृडा स्थल वनाउने उदेश्यले आएको बताए ।
‘यो परियोजन नेपाल र नेपाली जनताको हितमा छैन भन्दै यदि यो परियोजन सार्वभौम मानिएको प्रतिनिधि सभाबाट पास गरि नेपालको कानुन भन्दा माथि बनाई नेपालाई प्राधिन वनाउने ती दलाल प्रतिनिधिहरु नेपाली जनताको कालो सुचिमा पर्ने र नेपालि जनताले सडकमा पछार्ने छन् ।’
यदि कसैले एमसिसि पास गर्ने आट गरेमा आफुहरु जुनसुकै हद पार गर्ने नेकपाका नेता शंकर उपाध्यायले चेतावनी दिए ।