सात अर्ब ५७ करोड प्रिमियम संकलन

361
views

काठमाडौँ, २७, भदौ । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्ष २०७७-७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपियाँ खुद प्रिमियम संकलन गरेको छ ।

सोही अवधिमा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलले जानकारी दिए ।

संस्थानको शनिबार सम्पन्न ३१ औँ साधारण सभामा बोल्नुहुँदै सञ्चालक समितिका अध्यक्ष कँडेलले आगामी असार मसान्तसम्म दुई अर्ब रुपियाँ चुक्ता पुँजी पु–याउने बताए ।

कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७-७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपियाँ खुद प्रिमियम सङ्कलन गरेको उनले जानकारी दिए ।

संस्थानको लामो समयदेखि बाँकी रहेको आव २०६६-६७, २०६७-६८ र २०६८-६९ को लेखा परीक्षण तथा साधारण सभा गरिएको हो । संस्थानले आव २०६६-६७ मा तीन अर्ब चार करोड चार लाख १६ अजार ८२३ आम्दानी गरेको छ भने २०६७-६८ मा तीन अर्ब ७८ करोड ७० लाख ७४ हजार ३१७ रुपियाँ आम्दानी गरको छ ।