मलेसिया गएका सर्वजित सुनार १६ बर्षदेखी बेपत्ता

582
views

लक्ष्मण बि.घिमिरे
पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं. १ होश्राङ्दी अर्गाउदीका सर्वजित सुनार विगत १६ बर्षदेखि परिवारबाट सम्पर्कबिहिन भएका छन् । साविकको होश्राङ्दी गाविस वडा नं. ७ अर्गाउदीका उमाराज वि.क. र बिष्णुमाया वि.क.का साइला छोरा सर्वजित वि.क. १६ बर्षदेखि सम्पर्कबिहिन हुँदा परिवार चिन्तित बनेको छ ।

२०६२ सालमा खाडी मुलुक मलेसिया गएका सर्वजित हालसम्म परिवारको सम्पर्कमा नरहेको परिवारले जनाएको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दापनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमा वि.क. ले अपिल गरेकी छिन् ।

घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौं तर १६ बर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा दिनको भोक न रातको निद्रा भएको छ विष्णुमायाले भनिन् ‘छोराको सक्कल आँखा वरिपरि घुम्छ मान्छे बेपत्ता भयो’

मलेसिया गएको ४ बर्षसम्म छोरा सम्पर्कमा रहेको र त्यसपछि कुराकानी हुन छोडेको विष्णुमायाले बताईन् ।

लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोराको वियोगमा आमा हरेक बिहान, दिनरात रुने, मुर्छित हुने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना वि.क.ले बताईन् ।

१६ बर्ष अघि काठमाडौं मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजितका आफन्त बिष्णुराम बिकले बताए ।

सर्वजितलाई बिदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको वि.क.ले बताए ।

सर्वजितको अवस्थाको बारेमा जानकारी पाएमा सर्वजितको आमा बिष्णुमाया बिक– ९८०६१९२०७६, बिष्णुराम बिक–९८५७६३०५७३, पत्रकार लक्ष्मण बिश्वकर्मा–९८५७६७५१०१ खवर गरिदिन परिवारले आग्रह गरेको छ ।