मादी हत्याकाण्डका आरोपित सार्वजनिक

988
views

संखुवासभा, २७, भदौ । संखुवासभा हत्याकाण्डका आरोपित अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले मादी सामूहिक हत्याकाण्डमा संलग्न अभियुक्त लोकबहादुर कार्कीलाई आइतबार सार्वजनिक गरेको हो ।

कार्कीले एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । उनलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गररिएको हो ।

मादी नगरपालिका-१ उमलिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शनिबार बिहान अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

मृतकका परिवारका नाती पर्ने कार्कीले गत सोमबार मादी-१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या गरेको स्विकार गरेका छन् ।