नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको ध्यानाकर्षण

435
views

पोखरा, २९, भदौ । नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं क्रियासिल पत्रकार ढाकामोहन (गणेश) बराल, प्रल्हादचन्द्र घिमिरे, रञ्जन अधिकारीमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक आक्रमण र कास्की शाखाकै साधारण सदस्य एवं कृयासिल पत्रकारहरु ढाकामोहन (गणेश) बराल र प्रल्हादचन्द्र घिमिरेमाथी भएको दूरव्यवहारका साथै अन्य पत्रकारलाई समेत दिइएको धम्कीको घटनाप्रति महासंघ गण्डकी प्रदेश समितिले गम्भिर ध्यानाकर्षण गरेको हो ।

रोजगारी दिने भन्दै ठगी गर्र्नेे पक्राउ गरिएको र त्यसबाट पीडितको विषयमा आइतबार जिल्ला प्रहरी कार्यालयमा समाचार संकलन गर्न गएका रञ्जन अधिकारी, गणेश बराल र प्रल्हादचन्द्र घिमिरेसहित अन्य पत्रकारलाई समेत लक्षित गर्दै ‘पत्रकारलाई नछोड्ने’ भन्दै जिल्ला प्रहरी कार्यालयको गेट अगाडिबाटै पीडित पक्षको आवरणमा धम्की दिइएको महासंघले जनाएको छ ।

पत्रकार सधैं पीडितकै पक्षमा रहने पत्रकारलाई त्यही समूह मध्येबाट काठमाडौं–१४ कलंकी घर भई हाल पोखरा ३१ मासबार बस्ने युवराज लामा र पोखरा ३० तालचोकका नवराज शर्माले पत्रकार रञ्जन अधिकारी माथी गेट अगाडि नै आक्रमण गरेको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरुले पत्रकार अधिकारीले प्रयोग गरेका सञ्चार सामग्री समेत नियन्त्रणमा लिँदै खिचिएका र लेखिएका सामग्री नष्ट गरेका थिए । यसरी पत्रकार माथी आक्रमण गरिनु, सञ्चार सामग्री नियन्त्रणमा लिँदै सामग्री नष्ट गरिनु र समग्र पत्रकारलाई नै नछाड्ने धम्कि दिनु पे्रस स्वतन्त्रा विरोधी काम भएको हाम्रो महासंघको ठहर छ ।

पत्रकार र उनीहरुको पेशा प्रति नै हातोत्साहित बनाउन खोज्ने यस किसिमका आक्रमण र धम्कीको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति निन्दा सहित भ्रत्सना गर्दछ । र, यस घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावारण निर्माण गर्न सम्बन्धित निकायमा माग समेत गरको छ ।