कपिलवस्तुको शिवराज नगरपालिकामा एमाले विजयी

677
views

कपिलवस्तु, २०, असार । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ । कपिलवस्तुमा मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेत्रराज अधिकारीले ६ हजार १५५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरीले ४ हजार ७४२ मत पाएका छन् ।
उपमेयरमा एमालेकी शिवकुमारी चौधरीले ५ हजार ९६२ मत विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्धन्दी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत ल्याएकी छन् ।