भेटाएको ५० हजार प्रहरीलाई बुझाइयो, प्रमाणसहित आउन आग्रह

446
views

पोखरा, ३१, भदौ । पोखरा ६ लेकसाइड शान्तिपथ मार्गबाट साउन १८ गते भेटिएको नगद ५० हजार रुपँैयाँ प्रहरीलाई बुझाइएको छ । लेकसाइड शन्तिपथ बस्ने सृजना पराजुली बरालले भटेनुभएको उक्त रकम रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जको रोहवरमा प्रहरीलाई बुझाइएको हो ।

स्कुटरबाट खसेर पराजुलीले भेट्नभएको उक्त रकम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापा र कास्की प्रहरी प्रवक्ता प्रहरी नायवउपरिक्षक सुबास हमाललाई हस्तान्तरण गर्नुभएको हो ।

साथै रेडियो अन्नपूर्णको कार्यक्रम पोखरा कल इनमा पैसा भेटेपछि आफ्नो अनुभब सुनाउँदै बरालले भेटिएको उक्त रकम शुरुमा फेसबुक ग्रुपहरुमा राखेको बताउनुभयो । फेसबुकमा राख्दा समेत कोही सम्पर्कमा नआएपछि रेडियोकोे माध्यमसम्म आइपुगेको समेत उहाँले जनाउनुभयो ।

उक्त रकम जिल्ला प्रहरी कार्यलय कास्कीमा राखिएको छ प्रमाण सहित आएमा सम्बन्धीत ब्यक्तिलाई फिर्ता गरिने कास्की प्रहरी प्रवक्ता हमालले बताउनुभयो ।