एमालेको विधानमा ७० वर्षे उमेर हद कायमै

75
views

काठमाण्डौ, ४, असोज । नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्ताव गरिएको छ । प्रस्ताव पारित भएमा एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुनेछ भने नयाँ पुस्तालाई नेतृत्वमा पुग्नको लागि ढोका खुल्नेछ ।

हिजोको स्थायी कमिटी बैठकमा पेस भएको विधान मस्यौदामा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रस्ताव गरिएको छ ।

आउँदो १५ गतेदेखि १७ गतेसम्म चल्ने विधान महाधिवेशनले यो प्रस्ताव अनुमोदन गरेमा यसले मंसिरमा हुने १० औं महाधिवेशनलाई खासै प्रभाव पर्ने छैन, तर ११ औं महाधिवेशनबाट चयन हुने नेतृत्वमा भने परिवर्तन हुनेछ ।

उमेर हदले केपी शर्मा ओलीलाई १० औं महाधिवेशनबाट अध्यक्ष बन्न अवरोध हुनेछैन । तर दोस्रो तहमा रहेका अध्यक्षका आकाक्षी नेताहरुलाई १० औं महाधिवेशन नै अन्तिम अवसर हुनेछ ।

यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ गठन भएको नेकपाजस्तै एमालेमा अब सात सदस्यीय सचिवालय हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भएपछि एमालेमा अब अध्यक्षको नेतृत्वमा सचिवालय रहने व्यवस्था गरिनेछ ।