इपिएल जित्ने सबैको दाउ

509
views

पोखरा, ६, असोज । एभरेष्ट प्रिमियर लिग नजिकिंदै छ । टी–२० फर्मेटमा नेपालकै प्रतिष्ठित यो प्रतियोगिताको उपाधी यसपटक कसको पोल्टामा जाला त ! क्रिकेट प्रेमीहरु व्यग्रताका साथ प्रतिक्षामा रहेका छन् । प्रतियोगिताका सहभागि सबै टिमहरुले यो उपाधी कब्जा गर्न आ–आफ्नैं रणनीति बनाउँदै छन् । विभिन्न टिमहरुले विश्वविख्यात क्रिकेटरहरुलाई आ–आफ्नों टिममा अनुबन्धन गराइरहेका छन् । प्रतियोगिताका लागि दिनहुँ जसो एकपछि अर्को बलियो खेलाडी सार्वजनिक गर्ने सहभागी टिमहरुको होड नै चलेको छ ।

यस्तोमा यो प्रतियोगिताको सहभागी टिम मध्येको एक पोखरा राइनोज पनि आफ्नों टिम बलियो बनाउन, खेलाडीहरुको मनोवल उच्च पार्न लागि परेको छ । टिम डाइरेक्टर दीपेन्द्र चौधरी, प्रमुख प्रशिक्षक उमेश पटवाल, बलिङ्ग कोच शक्ति गौचन, फिल्डिङ्ग कोच रिजन प्रजु लगायतको ध्यान पनि यसैतर्फ केन्द्रित हुन थालेको छ ।

राइनोजले पर्यटकिय सुन्दर शहर पोखरा जुन प्राकृतीक मात्रै होइन, खेल शहरका रुपमा पनि परिचित छ, त्यो शहरको प्रतिनिधीत्व गर्दैछ । यहि टिमका डाइरेक्टर दीपेन्द्र चौधरीले आफ्नों टिमका खेलाडीहरुको हौसला त बुलन्द पार्नुभएकै छ । त्यसका अलावा सहभागि अन्य टिमहरुलाई पनि मुलुकै एउटा प्रतिष्ठित प्रतियोगिता सफल पार्न गरेको प्रयत्नप्रति कृतज्ञ हुनुहन्छ । परिस्थिती अहजछ छ । ‘कोभिडका कारण असहज परिस्थितीमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै यो प्रतियोगितामा सहभागिता जनाउँदै छौं । एक भिडियो सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ–‘यस्तो अफ्ठ्यारो अवस्थामा पनि सहयोग गर्ने प्रायोजकहरुलाई धन्यवाद ।’

आयोजक इपिएल, खेलाडी तथा अफिसियलहरुलाई पनि धन्यवाद दिंदै यो प्रतियोगिता सफल पार्न सहयोग गर्ने उहाँले जनाउनुभएको छ । कठिन परिस्थितीमा पनि टिमको हौसलाका लागि साथ र सहयोग गर्ने विभिन्न प्रायोजकहरुलाई पनि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

राइनोजको टिममा युवा तथा उर्जाशिल खेलाडीहरुको वर्चश्व रहेको टिमका प्रमुख प्रशिक्षक उमेश पटवालको भनाई छ । उहाँले इपिएल प्रतियोगिताले नेपालका क्रिकेट संस्कृतीको विकास गर्ने विश्वास व्यक्त गर्दै यसपटक उत्कृष्ट खेल पस्किने दावी गर्नुभयो ।

यो टिमको मार्कि प्लेयरमा विनोद भण्डारी रहनुभएको छ । बलिङ्ग प्रशिक्षक शक्ति गौचनले यसपटकको प्रतियोगितामा बलरहरुले विविधता देखाउने भन्दै गत संस्करणहरुका कमजोरी समेत सुधारेर यसपटक बलियो दावेदारी प्रस्तुत गर्ने जनाउनुभएको छ । फिल्डीङ्ग कोच रिजन प्रजुले खेलाडीहरु तयारीमा जुटेको बताउँदै विगतका संस्करणहरुमा भन्दा चुस्त देखिने बताउनुभएको छ ।