आज प्रतिनिधि सभा बैठक बस्दै

365
views

काठमाडौं, ७, असोज । आज प्रतिनिधिसभाका बैठकको आज बस्ने भएको दिउँसो बस्ने भएको छ । आज बस्ने बैठकको संसद सचिवालयले बुधबार सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ ।

आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले उनको राजीनामासमेत मागिरहेको छ ।