मानव सभ्यताको इतिहास ज्ञानको विकासबाट शुभारम्भ

108
views

–पुष्प गोपाल श्रेष्ठ
क्रान्तिकारी वैज्ञानिक दृष्टिकोण भनेको ‘तथ्यको आधारमा सत्य खोज्नु’ हो र घमण्डसाथ आफुलाई अचूक ठान्ने सबैलाई भाषण दिंदै हिंड्ने बानीबाट कहिल्यै कुनै समस्याको टुङ्गो लाग्न सक्दैन । हाम्रो देशमाथि आइपरेका विपत्तिहरु ज्यादै गम्भिर छन् । वैज्ञानिक दृष्टिकोण तथा जिम्मेवारिको भावना लिएर मात्र हाम्रो देशलाई मुक्तिको बाटोतिर लान सकिने छ । सत्य, तर वस्तुगत व्यवहारमाथि भरपर्छ । लाखौं करोडौं जनताको क्रान्तिकारी व्यवहार नै सत्यको एक मात्र कसी हो ।

हाम्रो दशकौं लामो क्रान्तिकारी संघर्षको अभिप्राय के हो भने, हामी कम्युनिस्टहरुको उद्देश्य चाहिं नेपाल राष्ट्रको निम्ति, नयाँ समाज र नयाँ राष्ट्रिय व्यवस्थाको निर्माण गर्नु हो । त्यस नयाँ राज्यव्यवस्थामा, नयाँ राजनीति र नयाँ अर्थ व्यवस्था मात्र होइन तर नयाँ संस्कृति पनि हुनेछ । अर्को शब्दमा, हामी राजनैतिक रुपले उत्पीडन र आर्थिक रुपले शोषित नेपाललाई राजनैतिक रुपले स्वतन्त्र र आर्थिक रुपले समृद्धिशाली नेपालमा फेर्न मात्र होइन र पुरानो संस्कृतिको प्रभुत्व अन्तर्गत अज्ञान र पिछडिएको अवस्थामा रहेको नेपाललाई पनि प्रबुद्ध र प्रगतिशिल नेपालमा फेर्न चाहन्छौं । छोटकरीमा, हामी नयाँ नेपालको निर्माण गर्न चाहन्छौँ । सांस्कृतिक क्षेत्रको हाम्रो उद्देश्य नयाँ नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गर्नु हो ।

के जीतवाजीका लागि धेरै भन्दा धेरै जनतालाई संगठित गर्नुपर्छ भन्ने कुरा सत्य होइन ? सबै पेशा व्यवसायका जनता चाहे हिमाली कन्दराका होऊन या कुनै प्रान्तका, चाहे उत्तरको होऊन या दक्षिणका, सबलाई संगठित गर्नुपर्छ । धेरै या थोरै जनता संगठित गर्नु कुनचाहिं असल होला ? त्यसमा त धेरैभन्दा धेरै जनता संगठित गर्नु नै उत्तम छ नि । हामीले जीतबाजिका कुरा गर्दा सर्वहारावर्गको नेतृत्वमा ब्यापक जनसमूदायलाई एकगठ गर्ने कुरा सुनिश्चित गर्नैपर्छ । र साथैसाथ, विभिन्न चिरामा विभाजित सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु बीच एकता कायम् हुनु र गर्नु पनि उतिकै जसरी छ ।

आफुबाट भए गरेको कमिकम्जोरी वा गलत क्रियाकलापलाई लिएर कसैले गरेको स्वच्छ आलोचनाबाट तिरमिरेर क्रान्ति विरोधी, गैर कम्युनिस्ट आचरण अपनाउनु, सच्चा क्रान्तिकारी कम्युनिष्टको आचरणभित्र पर्दैन र होइन ।

कम्युनिष्टको जीवनशैली भित्रको अत्यन्तै महत्वपूर्ण विधि आलोचना र आत्मा–आलोचना हो भन्ने कुरो सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले बुझ्नु जरुरी छ । आफुबाट भए गरेको कमिकम्जोरी वा गलत क्रियाकलापलाई लिएर कसैले गरेको स्वच्छ आलोचनाबाट तिरमिरेर क्रान्ति विरोधी, गैर कम्युनिस्ट आचरण अपनाउनु, सच्चा क्रान्तिकारी कम्युनिष्टको आचरणभित्र पर्दैन र होइन । फेरी त्यस्तो क्रान्ति विरोधी, गैर कम्युनिष्ट क्रियाकलाप सामू मौनधारण गरी बस्नु एक प्रकारको मतियार बन्नु हो । मतियार बन्नपुग्नु भनेको कुनै पनि मानेमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको नियति होइन र हुन सक्दैन । यसरी मौन धारण गरी मतियार बन्नपुग्नु क्रान्तिकारी आचरण होइन र क्रान्तिकारी आचरण मान्न सकिन्न ।

हामी क्रान्तिकारी पार्टीका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु बीच यदाकदा क्रान्तिकारी सैद्धान्तिक नीतिको मूल्य र मान्यता ‘नेता होइन नीति प्रधान’को ठिक उल्टो ‘नीति होइन नेता प्रधान’को विधि व्यवहारमा लागेको देख्नमा आउनु दुःखदायी मात्र होइन, क्रान्तिकारी अभियानलाई नै विथोल्ने र पठभ्रष्ट पार्ने दक्षिणपन्थि अवसरवादीहरुको यसखाले चलखेललाई, समय नबित्दै सुधार्नु जरुरी छ । यस्ता आवञ्छनिय चलखेल विस्तार विस्तार आफै सुध्रिन्छ र सुधार्न सकिन्छ भनेर यतिकै छुत दिइरहने हो भने, समय बित्दै जाँदा यस्ता प्रवृत्तिले विकराल रुप धारण नगर्ला भन्न सकिन्न । तसर्थ, यस्ता गलत प्रवित्तिलाई समयमै आवश्यक उपचार पद्धति अपनाई सच्चा क्रान्तिकारी कम्युनिष्ट हुनुको पहिचान सहित श्रमजीवी जनसमूदाय बीच घुलमेलभई क्रान्तिकारी हौसला बुलन्द पार्नु नितान्त जरुरी छ ।

रक्त (युद्ध) पिपासु अमेरिकी साम्राज्यवादको दुरासयपूर्ण नीति इण्डोप्यासिफिक सैन्य रणनीति अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) परियोजनाको खास मक्सद हो । हिंदमहाशागरमा आफ्नो सैनिक अखडा खडा गर्नु रहेको छ । र नेपालमा एमसीसी परियोजना पास गरेर स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न, भू–अखण्ड राष्ट्र नेपाल कब्जा गर्ने योजना सँगै नेपालको युरेनियम हसुर्नु र यहाँको हावापानी माथि गिद्धे दृष्टि गाउने रहिआएको छ । भने अर्कोतर्फ विश्वमा बढ्दै गइरहेको चिनको प्रभावलाई न्युनिकरण गरी, आफ्नो प्रभाव बढाउने हेतु नेपालको स्वाधिनतामाथि आफु अनुकुल रणक्षेत्र बनाई, चिनलाई छेतविछेत पार्ने दुरासयपूर्ण सोचका साथ इण्डोप्यासिफिक रणनीति अख्त्यार गर्न आउनु भनेको, खासमा भन्नुपर्दा आफ्नो रक्त (युद्ध) पिपासु रणनीतिलाई कार्यान्वयन गर्दै नेपाललाई मात्र होइन अपितु, विश्वलाई नै ध्वष्ट पार्न तेश्रो विश्वयुद्ध निम्त्याई विश्व–मानव जगतको रगतको भेलमा आनन्दित मनले चयन गर्ने दुरासयपूर्ण सोचलाई प्रश्रय दिन्दै, दुनियालाई विकासको निम्ति भनेर एमसीसी परियोजना भित्रको ५० करोड डलर विदेशी पूँजीका दलालहरुलाई प्रलोभन देखाई चैनको स्वास फेर्दै आनन्दित मनले दुनिया सामु “नाङ्गा नाचे हजार दाउलाई चरितार्थ गर्दै आइरहेका छन् ।”

मानव सभ्यताको इतिहसमा सभ्यताको सुरुवात ज्ञानको विकासबाट नै भएको थियो । मानव चेतनशील प्राणि हो । चेतनाले मानिसलाई चिन्तनको बाटोतिर दो¥याए, यसरी मानिसमा प्रकृतिको बारे जिज्ञासा उठ्नथाले र त्यसको हल गर्ने प्रक्रिया स्वरुप चिन्तनको विकास भयो । यसै चिन्तनको माध्येमबाट ज्ञान प्राप्त भयो । अनि त्यसै ज्ञानलाई प्रयोग गरी सीप र प्रविधि विकास गर्दै समय सापेक्ष ढङ्गले आवश्यक औजार निर्माण गरी मानव समाजको आवश्यक्ता अनुरुप उपभोग्य वस्तुहरुको उत्पादन गर्दै मानव सभ्यतालाई विकशित तुल्याउँदै आएका हुन् । यसैले मानव मात्रलाई यस दुनियामा प्राणिहरु मध्ये सर्वश्रेष्ठ प्राणि कहलिए ।

मानिसहरुको तुलनामा जनावर र किरा–फत्याङ्ग्राहरुमा एकप्रकारको चेतना त छ तर उनीहरुमा चिन्तन गर्ने क्षमता छैन । तवत उनीहरु आफुलाई आवश्यक अनुरुप कुनै वस्तु निर्माण गर्न सक्दैन । प्रकृतिमा जे छ त्यसैबाट आफ्नो जीवन निर्वाह गर्ने गर्छन । यहि त हो मानिस र जनावरहरु बिचको भिन्नता ।

हामी, प्राणिहरु मध्ये सर्वश्रेष्ठ कहलिएका मानिसहरु, आजको यो २१ औं सताब्दिका जल्दो बल्दो मानिस हौं भन्न पछि नपर्ने तर, चिन्तनबाट बिलकूल बिमुख भई, दुराचार्यहरुबाट फिजाएको छलकपटमै रुमलिएर रनमुल्लमा परी बस्नु के स्वभाएमान हुन सक्छ ? कदापि हनु सक्दैन । किनकी हामी चेतनशिल मात्र हैनौं चिन्तनशिल पनि हौं देशमा भए गरेको भनिएका कतिपय विषय वस्तुहरुलाई, यहाँका शक्तिका पुजारी इतिहासकार र बुद्धिजिवि भनिएका कतिपय व्यक्ति विशेषहरुले दुनियालाई पंगु बनाउन शक्ति केन्द्रको जयजयकारलाई नै देशको इतिहास भनि कोर्ने र त्यसलाई सहि साबित गर्न बुद्धिमता छाँत्न हुरुक्क हुनेहरुको कमि छैनन् ।

यसै सन्दर्भमा, यहाँ अत्यन्तै महत्वकासाथ इतिहासभित्र कोत्याउन उपयुक्त कुरा के हुन भने, नेपालमा अति महत्वकांक्षी पूर्व राजा पृथ्वीनारायण शाहले बल भिचाईं क्रियाकलाप अर्थात राष्ट्र र राष्ट्रियतालाई अलग–अलग पारी भौगोलिक अतिक्रमण गरेका थिए । र, त्यहि कार्यलाई, पृथ्वीनारायण शाहले नेपाल राष्ट्रिय एकिकरण गरेको भनी बढाई चढाई गरी आएका ती शक्तिका पुजारी इतिहासकारहरुद्वारा व्यक्ति विशेषको गुनगाण युक्त इतिहासलाई, अत्यन्तै सजिव ढङ्गले ऐतिहासिक प्रमाण सहित डा. तुल्सिनारायण श्रेष्ठद्वारा लिखित ‘नेपालका नेवारहरु पहिचान र पृष्ठभूमि’ नामक पुस्तकको पृष्ठ ९ मा, यसरी उल्लेख गर्नु भएको छ “वास्तवमा तत्कालिन गोरखा राज्यको विस्तारिकरण पश्चात विस्तारित राज्यको नाम – “गोरखा” राख्न गरिएको पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुको प्रयास असफल भएको कुरा इतिहासबाट नै पुष्टि हुन आउँछ । ‘नेपाल सधैं नेपाल नै रहिरह्यो ।” यस्तो प्रयासकै सन्दर्भमा ‘गोरखा राज्य’ गोरखालि राजा जस्ता शब्दहरु आधिकारिक दस्तावेजहरुमा प्रयोग गरेको बुझिन्छ । उदाहरणको लागि हेर्नुहोस्, नेपाल सरकार, मुलुकी सवाल, काठमाडौं, १९९३, योगी नरहरिनाथ र नरेन्द्रमान सिं बस्नेत (संकलक) इतिहास प्रकासमा संधिपत्र संग्रह काठमाडौं ।

यसै गरी यीनले ‘गोरखा राज्य’, विस्तार गर्ने क्रममा गरेका अनेकौं क्रियाकलापहरु मध्ये सरकारी मुखपत्र ‘गोरखापत्र’, नेपालको मान मर्दन हुने गरी बृटिस भारतसँग गरेको गोरखा भर्तिकेन्द्र जस्ता सन्धि सम्झौता र धार्मिक आस्थामा समेत गोरखाली प्रभूत्व जमाउन बिजया दशमीमा गोरखाबाट फुलपाटी ल्याउने प्रथा बसाल्नु, सामाजिक जीवनमा पनि न्याय नपाए गोरखा जानु भन्ने जस्ता सोच लाद्ने प्रक्रियाले नेपाल एकिकरण होइन, गोरखा राज्य विस्तार अभियान नै हो भन्ने प्रस्त्याउँछ ।

हामी चेतनशील स्वाभिमानी नेपाली वीर विराङ्गनका सन्तति हौं । हामीमाथि कोही कसैले थिचो–मिचो, हस्तक्षेप र आक्रमण गर्ने दुःसाहस गरी आउँछ भने त्यसको विरुद्ध प्रतिरोध संघर्ष नगरी गुमसुम भई चुपचाप बस्ने हाम्रो पुर्खौली स्वभावैले दिन्दैन । हाल भारतीय विस्तारवादी वर्तमान मोदी भारतीय सरकारले बलमिचाई तरिका अपनाई, हाम्रो प्राणभन्दा प्यारो देशको स्वतन्त्र सार्वभौमसत्ता भू–अखण्ड नेपालको साँधसीमा कालापानी, लिम्पियाधुरा र लिपुलेक मिचेर खुल्लैयाम आफ्नो नक्साभित्र पारी डाडागिरीमा उत्रन आउनुको विरुद्ध, देशका स्वाभिमानी सम्पूर्ण राजनैतिक दल एवम आम जनता एकसाथ एकजुतभई मैदानमा जुझारु ढङ्गले उत्रन थालेका छन् । स्वाभिमान नेपालका नेपालीहरु बिना आधार र बिना सबुत प्रमाण प्रतिरोध संघर्षमा उत्रेका छैनन् । हामीसँग लिम्पियाधुरा क्षेत्र हाम्रो सार्वभौम भू–अखण्ड भित्रको साँध सीमा हो भन्ने यथेष्ट ऐतिहासिक सबुत प्रमाणहरु छन् मात्र हैन लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादका विषयमा १६ वर्ष अधि नै प्रवेश पाएको खुलासा नापी विभागका तत्कालिन महानिर्देशक तोयनाथ बरालले यो विषय आफुले राष्ट्रसंघको १७ औं कार्टोग्राफी सम्मेलन, एसिया प्यासिफिकमा राखेको जानकारी दिएका छन् । सम्मेलन सन् २००६ सेप्तेम्बरमा थाइल्याण्डको बैंककमा भएको थियो । त्यतिबेला नेपाल सरकारको प्रतिनिधित्व गरी आफुले उक्त कुरा सम्मेलनमा प्रस्तुत गरेको राष्ट्रसंघमा यसको रेकर्ड छ ।

वर्तमानमा यो मुलुकको साँध सीमा विवाद चुलिएको स्थितिमा, त्यो सुगोली सन्धि भन्ने विषय वस्तु खास के हो ? शक्तिका पुजारी एवम् भजन–मण्डलीहरुले पारेको रणभुल्ल भित्रको सुगौली सन्धि हो वा योगी नरहरिनाथले खुलासा गरे अनुरुपको झुठ फरेवी भित्रको सुगौली सन्धि हो ? योगी नरहरिनाथ नेपालको भूगोलको बारेमा एक जानकार व्यक्ति हुनुहुन्थयो । नेपालको सीमा अतिक्रमणका बारेमा, जङ्गे स्तम्भ, सीमा रेखा दशजगा बारेमा जानकारी भएका व्यक्तित्व हुनुहुन्थ्यो । साथै इतिहासलाई हेर्ने र विश्लेषण गर्ने वहाँको आफ्नै शैली थियो । सीमा क्षेत्रको प्रत्यक्ष स्थलगत र पैदलै पुगेर अध्ययन गर्ने व्यक्तित्व सायद वहाँ नै हुनुहुन्छ । वहाँले पृथ्वीनारायण शाह देखि यता नेपालले अंग्रेज सरकारसँग तिब्बतसँग चीनसँग र बाइसे चौबिसे राज्यहरुले गरेका सन्धिहरुको संग्रह–सन्धिपत्र संग्रह संकलन गरी इतिहासको महत्वपूर्ण अभिलेख संकलन गरी इतिहासको महत्वपूर्ण अभिलेखलाई, निरिह सत्तासिनहरुको पृष्ठभूमिमा टेकेर जम्मु काश्मिर खाएर त केही भएन भन्ने सोचका साथ, नेपालको कालापानी, लिम्पियाधुरा लिपुलेकलाई निल्ने दुसाहस गर्नु भारतीय विस्तारवादको निम्ति अत्यन्तै महङ्गीमा परिणत हुने निश्चित छ ।

नेपालका जिउँदो जाग्दो स्वाभिमानी नेपाली जनसमुदाय आफ्नो प्राण भन्दा प्यारो देश नेपालको राष्ट्रिय स्वाधिनताको निम्ति मरिमेट्न तयार छ भन्ने संकेटको रुपमा अमेरिकी साम्राज्यवादले नेपालमा लाड्न खोजेको एमसीसी परियोजना विरुद्ध उर्लिएको जनसागर (जनउभार) त देखि नै रहेका छौं । पैसा र सत्ताको लागि मरिहत्य गर्ने संसदवादी नेतृत्वपङ्ती, ओली, देउवा, प्रचण्ड र बाबुराम भट्टराईहरु जस्ताको मिलेमतोमा एमसीसी परियोजनालाई संसदबाट अनुमोदन गर्न गराउन कुनै कसर बाँकी नराख्ने कसम खाएर लागिपर्दै आइरहेका छन् । तर, देशभक्त स्वाभिमानी नेपाली जनसमुदायले, यस्ता राष्ट्रघाती देशद्रोहीहरु सबका सबलाई छानी छानी नृशंस तरिका अपनाई देश निकाला गरी पठाउन कुनै संकोच मान्ने छैनन् भन्ने कुरा नेपालको जिउँदो जाग्दो इतिहासले प्रस्त्याइरहेकै छ । अर्थात स्वतन्त्र सार्वभौम–सत्ता सम्पन्न राष्ट्र नेपाल आजसम्म कोही कसैको गुलामीमा परेको इतिहास छैन । र अहिले पनि कोही कसैको मजाल चल्ने छैन भन्ने कुरोको यथार्थता, देशब्यापी चर्कीरहेको अमेरिकी साम्राज्यवादको दुरासयपूर्ण नीतिभित्रको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको विरुद्ध उर्लिरहेको देशभक्त स्वाभिमानी नेपाली जनसमुदायको जनसागरले प्रस्त्याइ रहेकै छ ।
ताहाचल, काठमाडौँ