संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम चौथो पार्टी बन्ने दौडमा

616
views

काठमाडौँ, २०, असार । स्थानीय तह दोश्रो चरणको मतपरिणाम सार्वजनिक भइरहँदा अधिकांश ठाउँमा तीन ठूला दल एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा भइरहेको छ । केही ठाउँमा भने साना दलहरुले पनि बाजी मारेका छन् । हालसम्म प्राप्त मतपरिणाम ६ र ६ स्थानमा जीत हात पारेका संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबीच चौथो दलका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
समाजवादी फोरमले विजय प्राप्त गरेका ६ स्थानीय तहमध्ये २ मा नयाँ शक्ति र संघीय समाजवादी फोरमको गठबन्धन विजयी भएको हो। यस्तै नेपाल लोकतान्त्रिक फोरमले पनि ६ वटै स्थानीय तहमा जीत हासिल गरेको छ । फोरम लोकतान्त्रिकले एक नगरपालिकासहित ५ गाउँपालिकामा विजय हासिल गरेको हो ।
प्रदेश नम्बर दुईमा हुने निर्वाचनमा राजपाले बढी सिट संख्या हासिल गरेमात्रै यी दुई दलको स्थान तल पर्ने देखिन्छ।
माओवादी केन्द्रले ३६ स्थानमा विजय हासिल गरिसकेको हुनाले सो पार्टी तेस्रो पार्टी बन्ने निश्चित छ ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीले एक उपमहानगरपालिका सहित २ गाउँपालिकामा विजय हासिल गरेको छ । पहिलो चरणमा १ सिट जितेको राप्रपाले दोश्रो चरणको निर्वाचनमा नेपालगञ्ज उपमहानगरसहित ३ स्थानीय तहमा विजय हासिल गरेको छ। हाल राप्रपाको कुनैपनि तहमा अग्रता रहेको छैन । त्यसैले राप्रपा स्थानीय तह मतपरिणाममा छैठौँ पार्टी बन्ने देखिएको छ ।
संघीय समाजवादी फोरमले विजय हासिल गरेका स्थानीय तह
संघीय समाजवादी फोरम नेपालले ६ वटा गाउँपालिकामा विजय हासिल गरेको छ । फोरमले ६ मध्ये २ गाउँपालिमा डा.बाबुराम भट्टराईको नयाँशक्ति संग गठबन्धन गरेर विजय हासिल गरेको हो ।
१.नरैनापुर गाउँपालिका, बाँके, इश्तियाक अहमद साह
२.मायादेवी गाउँपालिका, कपिलवस्तु, बजरंगीप्रसाद कुर्मी
३.गैडहवा गाउँपालिका, रुपन्देही, बचुलाल कबट(नयाँ शक्तिसंगको गठबन्धनमा विजय हासिल गरेको)
४.भोक्राह गाउँपालिका, सुनसरी, महेन्द्रप्रसाद यादव
५.रोहिणी गाउँपालिका, रुपन्देही, सरोजकुमार यादव(नयाँ शक्तिसंगको गठबन्धनमा विजय हासिल गरेको)
६.मर्चवार गाउँपालिका, रुपन्देही, केशव नन्द बानियाँ
नेपाल लोकतान्त्रिक फोरमले विजय हासिल गरेका स्थानीय तह
विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले सुनसरीको दुहवी नगरपालिकासहित ६ स्थानीय तहमा विजय हासिल गरेको छ।
१.दुहवी नगरपालिका, सुनसरी, वेदराज गच्छदार
२.सरावल गाउँपालिका, नवलपरासी, राधेश्याम चौधरी
३.बर्जु गाउँपालिका, सुनसरी, रघुनन्दन चौधरी
४.जानकी गाउँपालिका, कैलाली, प्रदीप चौधरी
५.सम्मरीमाई गाउँपालिका, रुपन्देही, जितेन्द्रनाथ शुक्ल
६.बुढीगंगा गाउँपालिका, मोरङ, बालचन्द्र माझी

राप्रपाले विजय हासिल गरेका स्थानीय तह
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक उपमहानगरपालिका सहित ३ स्थानीय तहमा विजय हासिल गरेको छ। राप्रपाको तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा धवलशमशेर राणाले विजय हासिल गरेका थिए।
१.नेपालगञ्ज उपमहानगरपालिका, बाँके, धवलशमशेर राणा
२.कचनकवल गाउँपालिका, झापा, अन्जरा आलम
३.हल्दिबारी गाउँपालिका, रवीन्द्र लिङ्देन