महाकाली नदीमा नुहाउने क्रममा एकजना बेपत्ता

434
views

डडेल्धुरा, १०, असोज । महाकाली नदीमा नुहाउने क्रममा एक युवा बेपत्ता भएका छन् । शनिवार दिउँसो भारतको भुवागाउँ भन्ने स्थानमा नुहाउने क्रममा डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–५ का १८ वर्षीय दीपकनाथ महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएअनुसार उनी करिव एक हप्ताअघि मात्रै भारतको भुवागाउँमा मजदुरी गर्न भनी गएका थिए ।

बेपत्ता नाथको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।