गोला थुत्दा पनि एमालेकै मौका, झापाको कमल गाउँपालिकामा एमाले विजयी

619
views

दमक, २० असार । झापाको कमल गाउँपालिकामा अध्यक्ष पदका उम्मेद्वारको मत बराबर भएपछि गोला प्रथाबाट अध्यक्ष चयन गरिएको छ । नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमालेकी अध्यक्ष उम्मेदवार मेनुका काफ्लेको मत बराबर आएपछि गोला प्रथाबाट एमालेकी अध्यक्ष उम्मेदवार मेनुकालाई विजय घोषणा गरिएको छ ।
अन्तिम परिणाम अनुसार राई र काफ्लेको समान ८ हजार २ सय २५ बराबर मत आएपछि गोलाप्रथाबाट निर्वाचित उम्मेदवार चयन गर्ने निर्णय भएको थियो ।
उपाध्यक्ष पदमा भने एमालेका बेणु शिवाकोटी ९ हजार ४ सय १८ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी दीपा गौतम भण्डारीले ४ हजार ९ सय ९२ मत प्राप्त गर्नुभयो ।
वडा नम्बर एक बाहेक अन्य ६ वटामा एमालेले प्यानलसहित जित हासिल गरेको छ । वडा नम्बर १ मा कांग्रेसका केदार कटुवाल विजयी भए भने २ मा एमालेका ताराप्रसाद न्यौपाने, ३ मा एमालेकै नरप्रसाद दंगाल, ४ मा एमालेकै प्रेमबहादुर राई, ४ मा एमालेकै डम्बर बहादुर निरौला, ६ मा एमालेकै नरेन्द्र भट्टराई र ७ मा एमालेकै पृथ्वीपति राई विजय भएका छन् ।