‘लाहुरे’ ले रुवायो (भिडियो सहित)

590
views

पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशैं तिहार गीत हो ।

बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र माटोको सुगन्ध बोकेको हृदयस्पर्सी गीत हो ।

जादुमयी स्वरको धनी बास्तोला संगै गायक रामजी पौडेल , स्वरस्वती लामिछाने, कुमार गौतम र बलराम अधिकारीको आवाज सुन्न सकिन्छ । नारायण शर्मा र बलराम अधिकारीको शब्दमा सर्जक शर्माले मिठो संगीत भरेका छन् । सुनिल परियारको एरेन्ज र खुमन रानाको मिक्सिङमा रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।

मनमा कयुैँ सपनाहरु साँचेर, रहरहरु पालेर बाध्यताले विदेशमा रगत पसिना संग पैसा साटेर जीवनको अर्थ खोजिरहेका युवाहरुको कथालाई ‘लाहुरे’को भिडियोेमा चर्चित गायक तथा मोडल रामजी खाँड र कविता क्षेत्रीको जीवन्त अभिनय रहेको छ । खाँड र खत्रीलाई कृपा पौडेल, प्रतिमा कुवँर, तिर्सना बस्ताकोटी, भिमा क्षेत्री , सन्तोष, नविन दाहाल र कुमार गौतमले लोभलाग्दो साथ दिएका छन् ।

गनेश पौडेलले खिचेको भिडियोलाई सुवास अम्गाइले काटकुट पारेर चिरिच्याट पारेका छन् । यो गीत कुमार गौतम युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।