एमालेको राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा

530
views

काठमाडौं, १४, असोज । नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा खिमलाल भट्टराईले पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

शुक्रबार सवा १२ बजे पार्टीका अध्यक्ष केपी ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने समेत जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न आधुनिक र डिजिटल प्रविधिको प्रयोग गरिने उनले बताए ।

देशभरका पाँच हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने विधान महाधिवेशनमा जानकारी दिए । केन्द्रीय कमिटी, प्रदेश कमिटी र विशेष कमिटीका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् । विधान महाधिवेशनमा जिल्ला कमिटीका पदाधिकारी र सदस्य पनि भाग लिने एमालेले जनाएको छ ।