बेनीमा तोरन्ल गोल्डकप प्रतियोगिता सुरू

1196
views

म्याग्दी, १५, असोज । थकाली समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् ।

थकाली समुदायको पौराणीक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको बिजेताले नगद एकलाख रुपियाँ र पाँचतोला सुनको गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले पचास हजार रुपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतिय हुनेलाई नगद २५ हजार, मेडल र प्रमणपत्र तथा चौथो, पाँचौ हुने समूहलाई १० हजार र पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलको उदघाटन प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले गर्नुभएको थियो ।