पर्वतमा ६ वटा सेवा प्रदायकको केवल तार काटियो

897
views

पर्वत, १७, असोज । नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रले पोल भाडा नतिरेको भन्दै जिल्लाका विभिन्न स्थानमा रहेका सेवा प्रदायकको तार काटेको छ । विद्युत प्राधिकरणको केन्द्रिय निर्देशन अनुसार कुश्मा वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट तथा केबुल टिभी प्रदायकको तार काटेको हो ।

नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्दका निमित्त प्रमुख प्रकाश काफ्लेका अनुसार जलजला गाउँपालिका र कुश्मा नगरपालिका-९ कटुवाचौपारीवाट तार काट्ने अभियानको शुरु गरिएको जानकारी दिए । पटक-पटक पत्राचार गर्दा पनि सम्झौता नआएका कारण पर्वतमा आज ६ वटा सेवा प्रदायकको तार काटेको हो ।

प्राधिकरणले पुरानो बक्यौता समेत नतिर्ने प्रदायकलाई यसअघि नै सार्वजनिक सूचना जारी गरी असोज १५ गते भित्र पोल भाडा तिर्न ताकेता गरेको थियो ।