खाद्य कम्पनीले २ हजार खसीबोका ल्याउँदै

498
views

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गर्ने भएको छ । खाद्य कम्पनीले तुलसीपुरबाट आठसय र वीरगञ्जबाट १२ सय खसीबोका ल्याउन लागेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिईन् ।

व्यापार कम्पनीले अघिल्लो दसैंमा १ हजार ५ सय १० वटा खसी बोका ल्याएको थियो । कम्पनीले अघिल्लो दसैंका लागि ५ करोड ९९ लाख ८४ हजार रुपैयाँमा खासीबोका र च्यांग्रा ल्याउन बजेट छुट्याएको थियो ।

१६ सय वटा खसीबोका ल्याउने योजना बताइएको थियो भने १४ सय च्यांग्रा ल्याउने योजना बताइएको थियो । १६ सयवटा खासीबोका ल्याउन २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याएको थियो । यसैगरी, १४ सय वटा च्यांग्रा ल्याउन कम्पनीले ३ करोड ३८ लाख ६४ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

व्यापार कम्पनीले अघिल्लो दसैंमा १६ सय खसीबोका र १४ सय च्यांग्रा बिक्री गर्ने योजना बनाएको भएपनि १ हजार ५ सय १० वटा मात्र खसीबोका ल्याएर बिक्री गरेको थियो ।