मुख्यमन्त्री राउतलाई विश्वासको मत

425
views

जनकपुर, २०, असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । उनले आज विश्वासको मतका लागि भएको मतदानमा १०७ मतमध्ये ७७ मत प्राप्त गरे ।

प्रदेशसभामा विश्वासको मत मागेका उनको पक्षमा जनता समाजवादी, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका सांसदले मतदान गरेका थिए ।

विपक्षमा २३ मत परेको थियो । लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेका सांसदहरुले विपक्षमा मतदान गरेका थिए ।

राउतले विश्वासको मत पाएपछि अब कुनै अप्रत्याशित घटना नभए अर्को चुनावसम्म उनको सरकार सुरक्षित भएको छ । प्रदेश सभाको चुनाव अर्को वर्षको मंसिरमा हुने निश्चितप्रायः छ ।–