सार्वजनिक गाडीलाई ‘रुट पर्मिट’ नचाहिने

454
views

काठमाण्डौं, २१, असोज । आजदेखि सार्वजनिक गाडीलाई क’नैपनि रुट पर्मिट विना चल्न पाउनेछन् । दशैँमा आवत-जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् ।

सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई रोकिने छैनन् । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूणर्िमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।