नेकपा एसबाट स्वास्थ्यमन्त्री बन्दै रामकुमारी झाँक्री

468
views

काठमाडौँ, २२, असोज । माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले स्वास्थ्य मन्त्री बन्ने भएकी छिन् ।

शुक्रबारबाट औपचारिक रूपमा केन्द्रीय सत्तारोहण गर्न लागेको नेकपा (एकीकृत समाजवादी) ले पहिलो चरणमा रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाउने तयारी गरेको छ ।

नेकपा एसले ६–६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको छ । धेरै जना आकांक्षी देखिएपछि पार्टीले दुई चरणमा मन्त्री बनाउन लागेको हो ।

त्यस्तै ६ महिनापछि उनीहरूलाई फिर्ता बोलाएर मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र जीवनराम श्रेष्ठलाई पठाइने गरी सहमति हुने सम्भावना रहेको पार्टीले जनाएको छ ।

स्रोतका अनुसार रामकुमारी झाँक्री स्वास्थ्य, विरोध खतिवडा सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने तयारी छ ।