दसैँ (गजल)

1097
views

-गजल
घरमा खुसी छाओस् दसैँको शुभकामना ।
रहरमा खुसी छाओस् दसैँको शुभकामना ।।

हात मुख जोड्न पाउन भोकै नहुन कोही ।
नजरमा खुसी छाओस् दसैँको शुभकामना ।।

नवदुर्गाको आराधनाले आशिर्वाद मिलोस् ।
पथ्थरमा खुशी छाओस दसैँको शुभकामना ।।

पशुवली रोकियोस् जनावर खुलेर बाँचुन् ।
जनावरमा खुशी छाओस् दसैँको शुभकामना ।।

पवित्र धार्मिक स्थलहरू शान्तिले गुञ्जिउन ।
खबरमा खुसी छाओस् दसैँको शुभकामना ।।
– खुशी (पोखरा हाल जर्मनी)