एनआरएनएको पूर्वनिर्धारित १० औँ महाधिवेशन स्थगित

542
views

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्वनिर्धारित १० औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको भर्चुअल बैठकले १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीद्वारा प्रेसित वक्रव्यमा जनाइएको छ ।

उनका अनुसार कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ ।