पूर्व स्वास्थ्यमन्त्री एवं काँगेस युवा नेता गगन कुमार थापा ईजरायल जाने

1292
views

अनिरुद्र सुवेदी
ईजरायल, २१, असार । नेपाली काँग्रेसका केन्द्रिय सहस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा ईजरायलको एक कार्यक्रममा सहभागी हुने भएका छन् ।

नेपाली जनसम्पर्क समिति इजरायलको प्रथम बार्षिकोत्सव (स्थापना दिवस) को कार्यक्रममा सहभागी हुने भएका हुन् । ‘संबिधान कार्यन्वयन, राष्ट्रियताको अन्र्तक्रिया कार्यक्रमलाई संबोधन गर्न गगन कुमार थापा ईजरायलको लेभेन्दा तेलभीब शहरमा आउने भएका हुन् ।
१७ जुलाई १४ शुक्रबारका दिन हुने उक्त कायक्रममा प्रवासी भुमि इजरायलमा रहेका विभिन्न राजनीतिक पार्टीका भातृ संगठन, सामाजिक, धार्मिक संघ–संस्था, संगठनहरु, संचारकर्मी, विद्यार्थी एवं बुद्धिजिवी लगायत ईजरायलमा रहेका प्रवासी नेपालीहरुको उल्लेख्य सहभागिता हुने नेपाली जनसम्पर्क समिति इजरायलका सभापति दिपेन्द्र थापाले बताउनु भएको छ । प्रवासी भूमि ईजरायलमा हुने उक्त कार्यक्रममा सम्पूर्ण ईजरायलमा रहेका प्रवासी नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।