बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख

365
views

काठमाडौं, ४, कात्तिक । सरकारले हालै आएको बाढी पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई दुईलाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएकाका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणका अनुसार परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको मृत्यु भए एकलाख थपेर दिने निर्णय भएको छ ।

प्राकृतिक विपत्तिमा घाइते र फसेकाहरुको उद्धारका लागि आवश्यक परेमा नेपाली सेनाका अतिरिक्त निजी क्षेत्रको हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ ।

यसैगरी, विपत्तिमा परी घरबार गुमाएकाहरुका लागि राहतस्वरुप हिमाली क्षेत्रमा एउटा घर निर्माणका लागि पाँच लाख, पहाडी क्षेत्रमा चार लाख र तराईमा तीन लाख दिने निर्णय पनि गरिएको छ ।

जमिन नभएकाहरूका लागि जमिन खरिद गर्न थप तीन लाख दिने र त्यो पनि सम्भव नभए सरकारले सामूहिक रूपमा आवास निर्माण गर्ने निर्णय पनि गयिरएको मन्त्री खाँणको भनाइ छ ।