चोरी भएका मोटरसाईकलसहित दुईजना पक्राउ

72
views

पर्वत, ५, कार्तिक । गत साउन २६ गते चोरी भएका दुई मोटरसाईकलसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–४ दुर्लुङचोकबाट चोरी भएको बा.९३ प.८८७१ नं. को मोटरसाईकल र नम्बर प्लेट परीवर्तन गरी चलाइएको ग.१९ प.९५९५ नं को मोटर साइृकल सहित जिल्ला प्रहरी कार्यालय पर्वतले दुईजनालाई नियन्त्रणमा लिएको जनाएको हो ।

मोटर साहइकल हराएपछि कुश्मा न.पा. वडा नं. १ पाङका शिव चापागाईले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास गर्दै आएको थियो ।

खोजिका क्रममा महाशिला गाउँपालिका वडा नं–५ बस्ने अशोक नेपालीको घरमा मोटरसाइकल फेला परेपछि प्रहरीले मोटर साइकलसहित अशोक नेपाली र सोही गापाका सागर नेपालीलाई पक्राउ गरेको जनाएको छ ।

घरमा लुकाई राखेका कालो रातो रंगका २२० सी.सी. का २ वटा पल्सर मोटर साईकलहरु फेला पारेपछि उनीहरु विरुद्द चोरी गर्न नहुने सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन १० ( दश) को म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए ।