विराटनगर विमानस्थल खुल्यो

53
views

विराटनगर, ६, कात्तिक । बेमौसमी अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द रहेको विराटनगर विमानस्थलको हवाई सेवा आजबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित उडानहरु खुला भएको विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।

विराटनगर विमानस्थलमा पानी जमेर डुबान भएको थियो । विमानस्थलहुँदै बग्ने बस्ता खोला, त्यसभन्दा पश्चिमको केशलीया नदी र पूर्वको सुनसरी मोरङ सिंचाइ योजनाको नहरबाट ओभरफ्लो भएको पानी विमानस्थलमा जमेको थियो ।

आजबाट केही दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र उडानहरु हुनेछन् । धावनमार्गको लाइटिङ्ग सिस्टममा समस्या आएका कारण साँझ ५ बजेपछिको उडानहरु तत्काल गर्न नसकिने जनाइएको छ ।