बारा प्रहरीले गर्यो प्रतिबन्धित पाँचसय कुखुराका चल्ला नष्ट

385
views

नवदृष्टि संवाददाता
बारा, २१ असार । बारा प्रहरीले प्रतिबन्धित कुखुराका चल्लाहरु नष्ट गरेको छ । कार्यालयबाट खटिएको सिभिल गस्ति टोलीले बारा जिल्लाको फेटा गाँउपालिका वडा नं. २ चमरटोल सडक खण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा नेपाल भित्रयाईएका ७ हजार पाँचसय रुपैयाँ बराबरका पाँचसय चल्ला नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले जिल्ला पशु ब्याबसाय संघका प्रतिनिधि, पत्रकार, स्थानिय भद्र भलादमीहरुको रोहबरमा पसाहा खोलाको किनारमा खाल्डो खनी पुरी नष्ट गरेको हो ।