अफ्गनिस्तानद्धारा स्कटल्याण्ड पराजित

342
views

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा अफ्गानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले हराएको छ । युएईको सारजहाँमा गएराति भएको खेलमा अफ्गानिस्तानले फराकिलो जित निकालेको हो ।

खेलमा अफगानिस्तानले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा ६० रनमै समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्न अफ्गानिस्तानका मजिब–उर–रहमानले ५ विकेट लिए । त्यस्तै रासिद खानले चार विकेट लिंदा नविन अल हकले एक विकेट चट्काए ।

यसअघि नाजिबुल्लाह जद्रानको ५९ रन तथा हज्मतुल्ला जजाई र रहमान उल्लाह गुरबाजको ४६ रनप्रेरित अफ्गानिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९० रनको विशाल लक्ष्य खडा गरेको थियो ।