चोलेन्द्र पौडेलको ‘आगनीको डिल’ सार्वजनिक (भिडियो)

445
views

पोखरा । लोकदोहोरी गायक चालेन्द्र पौडेलको ‘आगनिको डिल’ सार्वजनिक भएको छ । स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छिन् । रामजी पौडेलको शब्द सिर्जनामा चालेन्द्र आफैले लय भरेका हुन् । गीतको म्युजिक भिडियोमा ओबी रायमाझी र दिपासा बिसीको अभिनय छ । सुनील परियारको संगीत संयोजनमा तयार भएको गीतलाई दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेका हुन् ।

आगनिको डिल एक माया प्रेमको कथा हो । जस्तोसुकै आपत विपत परेका बेला पनि एक अर्काको साथ आवश्यक छ भन्ने सन्देश गीतको म्युजिक भिडियो हेर्दा मिल्छ । यसअघि पानी मुनीमुनी, चढ्यो चढ्यो जवानी लगायतका दर्जन बढी गीत सार्वजनिक गरेका चोलेन्द्र पौडेल सो गीतबाट सफलता मिल्नेमा विश्वस्त छन् ।

अहिलेको माया प्र्रेम दुई दिन पनि टिक्दैन । केही मनमुटाव हुने बित्तिकै सम्बन्ध विच्छेद हुन्छ । तर म्युजिक भिडियोमा प्रस्तुत माया प्रेमले सम्बन्ध गास्ने सन्देश प्रवाह गरिरहेको हामी पाउँछौं । समय सहज हुँदा जसले पनि साथ दिन्छ तर आपतमा साथ दिने जो हुन्छ उ नै सच्चा साथी हो भन्ने भावनालाई गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

छायाँकन समेत पोखराको रमणीय स्थलमा गरिएको गीतलाई हेरेर सुझाव वा प्रतिक्रिया दिन गायक पौडेलको आग्रह छ । भन्छन्,‘हामीले राम्रा सिर्जनालाई समेत माया गर्नुपर्ने हुन्छ । आजको भोली चर्चा कमाउने गरी आएका गीतको शब्द र लय सुन्दा नै उदेक लाग्दो छ । गीतसंगीतको संरक्षणका लागि हाम्रा सिर्जना समेत सबैले सुन्ने खालको हुनुपर्छ । दर्शकले समेत त्यहि अनुरुपको माया दिएको खण्डमा नराम्रा गीतले प्रशय पाउने थिएनन् ।’

उसो त पौडेलले माया प्रेमका गीतसंगीत बाहेक सामाजिक जनचेतना मुलक गीत समेत सार्वजनिक गरेका छन् । आगामी समयमा पनि लोकसंगीत क्षेत्रबाट टाढा नगई सामाजिक रुपान्तरणमा दरिलो भूमिका खेल्ने प्रणका साथ उनी लागिपरेका छन् ।