५८२ जना नयाँ संक्रमित थपिए, आठ जनाको मृत्यु

325
views

काठमाडौं, १०, कार्तिक । पछिल्लो २४ घण्टामा ५८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सात हजार १६७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार ३२८ जनामा एन्टीजेन परीक्षण गरिएको छ जसमा ९० जना कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४९५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु भएको छ ।