५९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा पाण्डेको दाबी

347
views

हेटौंडा, १०, कार्तिक । बागमती प्रदेशको मुख्य मन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई अघि सारेको हो । पाँच दलीय गठबन्धन ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

१०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ । पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।