एन्फा र अल्मुताइरीबीच तीन वर्षको सम्झौता

380
views

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाली राष्ट्रिय फटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच तीन वर्षको सम्झौता भएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल संघका पदाधिकारी र अल्मुताइरीबीच भएको छलफलपछि उनी थप तीन वर्ष नेपाल बस्न तयार भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले आफूले एन्फासँग तीन वर्षको सम्झौता गरेको बताए । उनले छिट्टै नै आफ्नो दुई वर्षको लक्ष्य र योजनाको बारेमा जानकारी दिने बताएका छन् ।

उनले नेपाली फुटबल फ्यानहरूलाई आफूप्रति देखाएको सद्भाव र मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सधैं मुटुमा राख्न आग्रह गरेका छन् । उनले नेपाली टीमलार्ई सधैं सहयोग, सद्भाव र माया गर्न आग्रह गर्दै सबैलाई धन्यवाद दिएका छन् ।