बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

274
views

हेटौंडा, ११, कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ ।

बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नुभएको छ ।

गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिनु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल रहनु भएको छ ।