स्थापना दिवस र दिपावली, छठ पर्वको शुभकामना आदानप्रदान

439
views

राजवावु पिसी
पर्वत, ११, कार्तिक । कटुवाचौपारी महिला बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना दिवस दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम विहिबार कटुवाचौपारीमा सम्पन्न भएको छ । सोही अवसरमा जनप्रिय प्रँविका विद्यार्थीहरुलाई सेनीटाईजर र माक्स समेत वितरण गरेको छ । २०७५ सालमा स्थापना भएको सहकारीका सक्रिय महिलाहरुद्धारा स्थापित सहकारीको विकासक्रमले समृद्धि र आत्मनिर्भर गराउने कार्यक्रमगर्दै आएका छन् ।

सहकारी स्थापना दिवस दिपावली र छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कुश्मानगर सहकारी डिभिजन प्रमुख ऋषिराम पौडेलले सहकारीले नितिकार्यक्रम सहकारीको उद्धेश्यमा सहकारीे खेल्नुपर्ने भुमिका बारेका प्रकाशपार्नु भएको थियो । उहाँले सहकारीमा आबद्ध महिलाहरुको मिहिनेत परिश्रमले सहकारीलाई थप उचाईमा पुग्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

ईम्प्रेड नेपालका सुपरभाईजर बुद्ध पौडेलले सक्रिय मिहिनेती र परिश्रमी महिलाहरुलाई सहयोगी संस्थाहरुको निरन्तर सहयोग र साथ दिईरहने बताए । पत्रकार महासंघ पर्वतका सचिव राजबाबु पिसीले सहकारीले सेवामुखी भावले कामगर्दै प्रतिफलदिने कार्यका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रमा वडा प्रतिनिधी जमुना बैरागी, समाजसेवी लक्ष्मी पौडेल संस्थाका तारा पौडेल लगायतले बोलेका थिए । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष शोभा ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन उसा पौडेल स्वागत कमला पौडेलले गरेका थिए ।

महिलाहरुद्धारा संचालित उक्त संस्थाको कुल पुजी ८० लाख रुपया र लगानी ७० लाख रुपया भन्दा बढि रहेको संस्थाले जनाएको छ ।