प्रदेश १ मा सरकार गुमाउँदै एमाले, नयाँ सरकारको जोडघटाउ सुरु

418
views

काठमाडौं, १५ कार्तिक । नेकपा एमालेले गण्डकी र वागमतीपछि आज प्रदेश १ मा सरकार गुमाउदै छ । नेकपा एकिकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेको विपक्षी पाँच दलिय गठवन्धनले मुख्यमन्त्री भिम प्रसाद आचार्यलाई विश्वासको मत नदिने निर्णयपछि एमालेले सरकार गुमाउने भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री भिमप्रसाद आचार्यले आज विश्वासको मत लिदै छन् । प्रदेश १ मा कुल ९२ सांसद छन् । जसमा सत्ताधारी एमालेका ४१ जना छन् । विश्वासको मतका लागि आचार्यलाई ६ मत अपुग हुन्छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन ।

आचार्यले गत कात्तिक ५ गते प्रदेशसभामा पेश गर्नुभएको विश्वासतको मत सम्वन्धि प्रस्तावमा आज छलफल गरि मत विभाजन हुँदैछ ।

सभामुख प्रदिप भण्डारीले आज दिउसोको लागि प्रदेशसभाको बैठक डाकेका छन् । गत कात्तिक ७ मै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । तर, सोही दिन नेपाली कांग्रेसले निवेदन दिएर बैठक स्थगन गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको थियो ।

कांग्रेसको पत्रलगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले समेत पत्र लेखेर सदन स्थगनको माग गरेका थिए ।

प्रदेश १ मा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ हुन् । एक सिट भएको राप्रपाले भने आचार्यका् पक्ष वा विपक्षमा मुख खोलेको छैन ।