महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती मनाइँदै

975
views

काठमाण्डौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली साहित्यमा सयभन्दा धेरै कृतिको योगदान गरेका देवकोटाको जन्मजयन्ति मनाउन लागिएको हो ।

दश वर्षको उमेरदेखि कविता लेख्न सुरु गरेका देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
.
२०१६ सालमा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो ।