एमालेका लुटबहादुर कोहलपुरका मेयर

238
views

बाँके, २१ असार । कोहलपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेका लुटबहादुर रावत विजयी भएका छन् । मेयरका उम्मेदवार रावतले ९ हजार ४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभक्त भट्टाईले ८ हजार ९ सय २४ मत ल्याएका हुन् । यसै कोहलपुर नगरको उपमेयरमा भने नेपाली कांग्रेसकी सञ्जु चौधरी विजय भएकी छन् । चौधरी १० हजार ५६ मत प्राप्त गर्दै विजय भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कृष्ण कुमारी चौधरीले ९ हजार ३ सय ७९ मत ल्याएकी हुन् ।
कुल १५ वडा रहेको कोहलपु नगरपालिकाका ७ ७ वडामा एमाले र कांग्रेस विजयी भएको छ भने एक वडामा माओवादी केन्द्र विजयी भएको छ ।