मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते

387
views

विराटनगर, २३, कार्तिक । विराटनगरको हाटखोलामा रहेको जिल्ला कारागार मोरङमा मंगलबार बिहान कैदीबन्दीबीच दोहोरो झडप भएको छ । झडपमा हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् ।

कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार आन्तरिक प्रशासनप्रति कैदीबन्दीले असन्तुष्टि व्यक्त गरेपछि दोहोरो झडप भएको पाइएको छ । कारागारका चौकीदार र नाइकेको समूहसँग अरु कैदीबन्दीको झडप भएको जानकारी दिए ।