चौथोे डायमण्ड रनिङ शिल्ड जारी

476
views

सुमन जिसी
पोखरा, २४, कार्तिक । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा चौथा डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ ।

अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको खेलकुद प्रतियोगिताको दोस्रो दिन फुटबलका पहिलो चरणका ६ खेल सम्पन्न भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिए ।

दोस्रो दिनको पहिलो फुटबल खेल ट्राईबेक्ररमा कक्षा ११ व्यवस्थापन समुह लाई २—१ ले पाखा लगाउदै कक्षा १० बि समुहको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै दिवश सुबेदीको एक गोलको मद्धतमा विज्ञान समुह बि लाई पछि पारदै एक्स विज्ञान समुह विजयी बनेको छ ।

दोस्रो दिनका तेस्रो खेलमा कक्षा ९ ए ले कक्षा १० ए लाई दुई गोलको सहज जित निकालन सफल भएको छ जुन खेलमा एरिक पुन र सबिन थापाले एक एक गोल गरेका थिए ।

त्यस्तै असिम मगर र नोयल रानाको २ गोलको मद्धतमा कक्षा ८ ले कक्षा ९ बि का विच पनि सहज जित हासिल गरेको छ । पाँचौ खेलमा रसिक थापाको एक मात्र गोलले व्यवस्थापन समुह अर्काे चरणमा प्रवेश गरेको छ । दोस्रो दिनको अन्तिम खेल निकै नै रोमाञ्चक रहेको थियो ।

उक्त खेलमा साविकको उपबिजेता टोलि पूर्व व्यवस्थापन समुहलाई भेट्रान्स समुहले शुन्यका विरुद्ध तिन गोल गर्दै जित हात पारेको छ । जसमा सुशिल रानाले एक तथा सुवास थकालीले दुई गोल गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिएका छन् । चौथोे डायमण्ड रनिङ सिल्ड यहि कार्तिक २६ गतेसम्म संचालन हुने बताईएको छ ।