चार महिनामा ५ प्रतिशत मात्र बजेट खर्च

467
views

काठमाडौं । सरकारको दैनिक खर्चको गति फेरि कम भएको छ । दशैंअघि दैनिक ९ अर्बका दरले खर्च गरिरहेको सरकारको खर्च गर्ने गति तिहारमा फेरि सुस्ताएको हो ।

विभिन्न आयोजनालाई निकासासँगै सरकारले दशैंअघि तलब–भत्ता निकासामा निकै खर्च गरेको थियो । खर्चको गति नबढ्दा सरकारी ढुकुटीमा ६० अर्ब रुपैयाँ थुप्रिएको छ ।

अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चार महिना बित्न लाग्दा सरकारले हालसम्म २ खर्ब ७४ मात्र अर्ब खर्च गरेको छ ।जसमा चालु शीर्षकमा मात्रै २ खर्ब २० अर्ब खर्च भएको छ ।

विकास खर्चमा भने उल्लेख्य प्रगति गर्न सकेको छैन । विकास खर्चतर्फ ३ महिना २४ दिनमा २० अर्ब खर्च भएको छ । यो कुल खर्च लक्ष्यको ४ दशमलव ५७ मात्रै हो ।

सरकारले यो अवधिमा कुल प्राप्ति ३ खर्ब ३३ अर्ब गरेको छ । यो कुल प्राप्ति लक्ष्यको २७ प्रतिशत हो । अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशतले विकास खर्च गर्ने लक्ष्य राखे पनि चार महिनामा ५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । इमेज खवरबाट