राष्ट्रपतिको विवरण संकलन गरी आजदेखि जनगणना

419
views

काठमाडौ., २५, कात्तिक । राष्ट्रपतिको विवरण संकलन गरी आजदेखि जनगणनाको शुरुआत जनगणना सुरु हुँदै छ । हरेक १०–१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनाका लागि गणकहरु आज बिहान ९ ः ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने छन् ।

त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ ।

विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।