होटल ब्यवसाय सम्बन्धि सिप सिक्नेहका लागि सुनौलो अवसर

सुर्खेतको वीरेन्द्रनगर –४ स्थित कुलिनरि द हस्पिटालिटिमा मंसिरदेखि होटल ब्यबसाय सम्बन्धि कक्षाहरु संचालन हुँदै

646
views

सुर्खेत । कर्णाली प्रदेश पर्यटकीय दृष्टिकोणले एकदमै भरिपुर्ण प्रदेशका रुपमा परिचित छ । पछिल्लो समय कर्णालीमा पर्यटकको रोजाई बन्दै गएको छ ।

अधिकांश आन्तरिक तथा बाह्य पर्यटकले कर्णाली मन पराएमरै कर्णालीमा आउछन् । तर, यहाँ उचित बस्ने ठाउँको समस्या हुँदा यहाँका कैयौँ ठाउँहरु ओझेलमा छन् ।

यहि कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्न कर्णालीका एक युवा आतुर छन् । कर्णालीका सम्भावना खोज्दै कर्णालीमा बिदेशी पर्यटक ल्याउनुपर्छ ।

कर्णालीमा ल्याएर भरपुर मनोरञ्जन र आरामदायि बासको व्यवस्थामा कुनै पनि कुराको कमि हुन दिनुहुँदैन भन्ने सोचमा दिनरात नभनेर खटिएर लागि परेका ति युवा हुन ।

कर्णालीकै उर्जावान कर्णालीले जन्माएका छोरा केशब कठायत । जो आफुलाई केशव कठायत नेपाली भन्न रुचाउँछन् ।
कर्णाली चिनाउनुपर्छ कर्णालीको अगानिक कुरालााई विश्वसामु चिनाउने प्रयासले कर्णालीमै कुलिनरी द हस्पिटालीटि संचालन गरेका छन् ।

कर्णालीलाई विश्वसामु परिचित गराउनुपर्छ भन्ने प्रयासमा उनी रातदिन नभनि लागेका छन् । अबको केही समयपछि कैयौँ बिदेशी पर्यटक नेपाल आउने तर, त्यस्का लागि पर्यटकलाई पर्याप्त आरादायी बस्ने ठाउँको अभाव रहेको कठायतले जानकारी दिए ।

कर्णालीको पर्यटनलाई मध्यनजर गर्दै ग्रामिण विकासको लागि युवाहरुलाई सहभागि गराउनुपर्ने उनको सोच छ ।

कर्णालीलाई विश्वसामु चिनाउन र कर्णालीका बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न सुर्खेतको वीरेन्द्रनगर –४ स्थित १० बिघा क्षेत्रफलमा हस्पिटालिटी संचालनरत छ ।

कर्णालीका बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउन कुलिनरी द हस्पिटालिटी सेन्टरमा होटेल व्यवसाय सम्बन्धि मंसिर पहिलो हप्तादेखि संचालन गर्न लागेको संचालक केशव कठायतले जानकारी दिए ।

कर्णाली चिनाउन र आफ्नै पश्चिममा मौलिक सिप र व्यवासायिक शिक्षा बाट आत्मनिर्भर बन्ने सुनौलो अवसर रहेको उनको भनाई छ ।
पढाईहुने बिषयहरु, भारतीय र महाद्वीपीय व्यञ्जन बनाउन, डिप्लोमा हाउसकीपिङ,डिप्लोमा बेकरी र पेस्ट्री, खाना र पेय सेवा, बरिस्ता कफी बनाउने लगायत महिलाको लागि बेकरी र पेस्ट्री सिकाईने कठायतले जानकारी दिए ।
व्यवसायिक बन्न र सिप सिक्न इच्छुकले केशव कठायत  ९८४९१०८३३५ मा सम्पर्क गर्नुपर्ने छ ।