मुस्ताङमा हिम पहिरोको जोखिम कायमै

972
views

काठमाण्डौं, २९, कार्तिक । मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले मुस्ताङले आग्रह गरेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिजो निकै ठूलो हिम पहिरो गएको थियो । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको छ ।

हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्नसक्ने भएकाले सो क्षेत्रमा सावधानी अपनाइएको छ । हिजो भागदौड मच्चिँदा दुई जना शिक्षक, एक जना विद्यालयका कर्मचारी र ८ जना विद्यार्थी घाइते भएका छन् ।