आज पहाडी क्षेत्रमा पानी र हिमाली क्षेत्रमा हिमपात

55
views

काठमाण्डौं, ३, मंसिर । आज पहाडी क्षेत्रका एक÷दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने मौसमविद्को भनाई छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हिमपात हुने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । उच्च पहाडी र हिमाली क्षेत्रमा हिजोदेखि नै हिमपात भइरहेको छ ।