यि हुन् सुनसरी एमालेबाट छानिएका महाधिवेशन प्रतिनिधि

724
views

काठमाडौं, ४, मंसिर ।। नेकपा एमालेका दसौं महाधिवेशनमा सहभागिताका लागि सुनसरीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको छ । सुनसरीका ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ४२ जना प्रतिनिधि छनोट भएका हुन् ।

सुनसरीमा कूल ४२ सिटमा १८८ जनाको मनोनयन दर्ता गरिएको थियो । त्यतिबेलै सर्वसम्मत जुटाउने प्रयास भए पनि तोकिएभन्दा ४ गुणा बढी मनोनयन दर्ता गरिएको थियो ।

जिल्लाभित्र प्रतिनिधि सर्वसम्मत गराउन यहाँ निर्वाचनको मिति सारिएको थियो। गत कात्तिक ३० प्रतिनिधि छनोटका लागि सुनसरीमा निर्वाचन तय गरिएको थियो । पछि पुनः सर्वसम्मत गराउन भनेर निर्वाचनको मिति मंसिर ३ लाई तोकिएको थियो ।